४ हजार ६१४ मतदानस्थल अतिसंवेदनशील, कति छन् मतदानस्थल ?
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ११ हजार ९०१ मतदानस्थलहरू रहने भएका छन् ।
कुल मतदानस्थलमध्ये ४ हजार ६ सय १४ वटा लाई सुरक्षाका दृष्टिले अतिसंवेदनशील सूचीमा राखेको छ । ४ हजार ४ सय ४२ मतदानस्थल संवेदनशील र २ हजार ८ सय ४५ मतदानस्थल सुरक्षा दृष्टिले कम जोखिमको सूचीमा समेटिएको छ ।
निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायलहरूले समेत रिपोर्ट र मतदाताहरूको संख्यालाई आधार मानेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी भएको छ । अघिल्लो निर्वाचनको मतदानस्थलहरू र अहिलेको मतदाता संख्या समेतलाई मध्यनजर गरेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी गरिएको छ ।
निर्वाचन सुरक्षामा सेनाका करिब ८० हजार र सशस्त्रका करिब ३५ हजार जनशक्तिलाई तयार पारिएको छ । यसरी तयार पारिएका सेना र सशस्त्रलाई ११ हजार ९०१ मतदान स्थलको सुरक्षा संवेदनशीलतालाई लक्ष गरेर परिचालन नीति बनाइएको छ ।
अति संवेदनशील र संवेदनशील मतदानस्थललाई सेना र सशस्त्रको सुरक्षा पहरा बढाउने गरी फिल्डमा परिचालन नीति अपनाइएको गृह स्रोतको भनाइ छ ।




