एमालेका बाह्रबिसे पुर्व मेयर निमफुञ्ज शेर्पासहित नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका पसर्व मेयर तथा एमाले नेता निमफुञ्ज शेर्पासहित सय जनाभन्दा बढी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समिति, प्रतिनिधि सभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा पेप्सीकोलामा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा शेर्पा सहित युवाहरूले एमाले परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् ।
नेकपा प्रवेश गरेका बार्हबिसे नगरपालिकाका संस्थापक मेयर निमफुन्ज शेर्पासहित सयौँ जनालाई नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
तस्बिर : दिपक भण्डारी / संयोजक प्रचण्डको सचिवालय




