मासिक १ खर्ब भन्दा धेरै रेमिटान्स भित्रिँदै

मूलखबर संवाददाता
काठमाडौं, २० माघ

पछिल्लो ३८ महिनादेखि नेपाल भित्रिने रेमिटेन्स मासिक एक खर्बभन्दा धेरै छ। पछिल्लो केही महिना यो दुई खर्ब हाराहारी नै हुन थालेको छ।

नेपालबाट राेजगारीकाे सिलसिलामा पुर्वि एशिया र खाडी मुलकमा गएका युवाहरूबाट धेरै रेमिटान्स आउने गरेको छ ।

गत असोजमा पहिलो पटक मासिन रेमिटेन्स दुई खर्ब नाघेको हो। सो महिना दुई खर्ब एक अर्ब रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको थियो।

कात्तिकमा केही घटेर एक खर्ब ३३ अर्ब, मंसिरमा एक खर्ब ८३ अर्ब र पुसमा एक खर्ब ९२ अर्ब रेमिटेन्स भित्रिएको छ।

केही वर्षअघिसम्म वार्षिक सरदर १० खर्ब रेमिटेन्स भित्रिने गरेकोमा यो पटक ६ महिनामै १० खर्ब ६२ अर्ब रूपैयाँ पुगेको छ।

लामो बिदा हुने र धेरैले मान्ने चाड दसैं, तिहार असोज र कात्तिकमा पर्ने भएकोले पनि वर्षका अन्य महिनाहरूको तुलनामा यी महिनामा रेमिटेन्स भित्रिने दर उल्लेख्य बढ्छ। यही अनुसार बढेको थियो।

पुसमा पनि एक खर्ब ९२ अर्ब रेमिटेन्स भित्रियो।