बालेनकाे प्रचारमा गएका पत्रकार सिटाैला रहेनन्
बालेनकाे चुनाव प्रचार हिँड्खा बेहाेस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ।
आइतबार मध्याह्न १२:४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
‘चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।
सिटौला अछाममा बेहोस भएका थिए। उनी माघ १६ गते बिहान पौने १० बजे एकाएक लडेका थिए।
प्रारम्भिक उपचारका लागि अछाम अस्पताल पुर्याउँदा उनको स्वासप्रश्वास गइसकको थियो। पछि उनलाई कार्डियोपल्मोनरी रेससिटेशन (सिपिआर) गरी ४५ मिनेटपछि मुटुको चाल फर्किएको ग्राण्डी अस्पतालले जनाएको छ।




