त्रिवेणी कपकाे उपाधी एपीएफलाई, लाङदी देवी बन्याे उपविजेता
लमजुङमा जारी त्रिवेणी कपकाे उपाधी एपीएफले जितेकाे छ । पुस १२ देखि जारी त्रिवेणी कपमा लाङदी देवी नाल्मालाई पराजित गर्दै एपीएफ विजयी भएको हाे ।
साेमबार भएको फाइनल खेलमा एपीएफ र लाङदी देवी बीच प्रतिस्पर्धा भएको थियाे ।
शनिबार भएको पहिलो सेमिफाइनलमा लमजुङ मर्स्याङदीलाई ट्राइब्रेकरमा हराउदै एपिएफ फाइनल प्रवेश गरेकाे थियाे भने अन्तिम सेमिफाइनल खेलमा चर्चब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले हराउँदै लाङ्दी देवी नाल्मा फाइनलमा प्रवेश गरेको थियाे ।
पहिलो हाल्फमा अग्रता लिएको मर्स्याङदी दोस्रो हाल्फमा कमजोर रक्षापंक्तिका कारण गोल बराबरीमा रह्यो ।
९० मिनेटको अतिरिक्त समय सकिएपछि १०,१० मिनेटको अतिरिक्त समय थप गरि खेलाउँदा दुबै टिमबाट गोलरहित हुँदा खेल पेनाल्टी सुटआउटमा धकेलियो ।
उक्त पेनाल्टीमा एपीएफका एन्जल श्रेष्ट र मर्स्याङदीका भबिन्द्र मल्लले २, २ गाेल बचाउ गरे भने पुजन थापाको पेनाल्टी क्रसबारमा ठेकेर गोल हुन नसक्दा एपिएफले जित निकाल्देै फाइनलमा प्रवेश गरेको थियाे।
गतवर्ष पनि त्रिवेणी कपकाे विजेता बनेकाे एपीएफले यसपटक दाेस्राेपटक उपाधी चुमेकाे हाे ।




