पुर्व गृहमन्त्री लेखक जाँचबुझ आयाेगमा बयान दिन जाने
वुर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ गते भएको जेनजी आन्दोलनमा भएको प्रहरी दमनबारे छानविन आयाेगमा बयान दिन जाने बताएका छन् ।
उनलेे आयाेगकाे पत्र प्राप्त भएकोले पुस १४ गते बयानका लागि आयाेग जाने बताएका छन् ।
उनलेे सामाजिक सञ्जालमा स्टाटस लेख्दै साे जानकारी दिएका हुन् ।
उनलेे लेखेका छन्-
मलाई भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ ले जानकारी लिन बोलाएको छ।
मैले यही १४ गते सोमवार आयोगमा जाने निर्णय गरेको छु। आयोग पछि संचार माध्यमवाटपनि आफ्ना धारणा सार्वजनिक गर्नेछु।




