नेकपाद्वारा सिन्धुपाल्चोक १ मा माधव र २ मा युवराज एकल उमेदवार सिफारिस

मूलखबर संवाददाता
सिन्धुपाल्चोक, १० पुस

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले क्षेत्र नं.१ र २ मा क्रमश माधव सापकोटा सुवाेध र युवराज दुलाल सरद उमेदवार बनाउने निर्णय गरेको छ ।

समितिको उम्मेदवार सिफारिस बैठकबाट सर्वसम्मतले प्रत्यक्षमा कमरेड माधव सापकोटा ‘सुबोध’ र युवराज दुलाल ‘शरद’ लाई एकल सिफारिस गर्ने निर्णय गरेको प्रदेश सभा सदस्य तथा वागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जानकारी दिएका छन् ।

सापकोटा जेनजी आन्दाेलनपछि विघटित प्रतिनिधिसभा सदस्य हुन् भने दुलाल वागमती प्रदेशका बहालवाला प्रदेश सभा सदस्य र पुर्व मन्त्री पनि हुन् ।