प्रचण्ड सचिवालयले गर्याे तालमेलबारेकाे समाचारकाे खण्डन
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी सहकार्य गर्न तालमेलकाे प्रस्ताव राखेको भनी विभिन्न मिडियामा आएका समाचार सत्य नभएको उनको सचिवालयले जनाएको छ ।
प्रचण्डको सचिवालयबाट प्रेस नाेट जारी गर्दै एकपक्षीय ढंगबाट गरिएको झुठो सचाचारकाे भ्रममा नपर्न अपिल पनि गरिएको छ ।
यस्तो छ स्वकीय सचिव गाेविन्द आचार्यले जारी गरेको नाेट-
नागरिक दैनिकसहित केही अनलाइन सञ्चार माध्यमले आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ । यो समाचार पूर्णतः असत्य छ । चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फवाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नुभएको छैन । यसप्रकारका असत्य र सम्वन्धित पक्षवाट पुष्टी विना एकपक्षीयढंगले प्रवाह गरिएका झुठ्ठा समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।




