निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी
राष्ट्रपति, प्रधानमन्त्रीसहित मुख्य दलका शिर्ष नेताबीच भएको छलफलमा निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
पछिल्लो अवधिमा बढ्दै गएकाे अन्याैलता र असमझदारीका बीच भएको आजकाे उच्चस्तरीय बैठकले केही नयाँ आशा ल्याउन सक्ने विश्लेषण गरिएको छ ।





