राष्ट्रपति, प्रधानमन्त्री र तिन दलका शिर्ष नेता छलफलमा

मूलखबर संवाददाता
काठमाडौं, ८ पुस

जेनजी आन्दोलनपछि पहिलोपटक  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

जेनजी आन्दोलनपछि तीनवटै दलका शीर्ष नेतासँग राष्ट्रपति र पौडेलले गरेको यो पहिलो छलफल हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

बैठकमा जेनजी आन्दोलनपछिका विकसित घटनाक्रमकाे समिक्षा, घाेषित निर्वाचन र दलहरू तथा सरकारकाे भुमिका र निर्वाचन कानुनका विषयमा छलफल भएको  बताइएको छ ।