भदौ २३ र २४ गते भएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगले को को सँग लियो बयान ?
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन, हत्या, दमन, गोलीकाण्ड र विध्वंशका घटनामा राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकदेखि काठमाडौं महानगर प्रमुख बालेन शाहसम्मलाई सोधपुछ गरेको छ । आयोगले यसै साता लेखकसँग सोधपुछ गरेको थियो । बालेनसँग भने सोमबार करिब २ घण्टा सोधपुछ गरिएको हो । जेन–जी आन्दोलनका क्रममा मानवअधिकार हनन र दमनका विषयमा हालसम्म १ सय ४८ जनासँग सोधपुछ गरेको आयोगले छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ ।
आयोगले चार विषय विभाजन गरेर छानबिन गरिरहेको छ । जेन–जी आन्दोलनका क्रममा भएको मानवअधिकार हनन, २३ भदौको आन्दोलनमा प्रहरीको बल प्रयोग (दमन), पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनतालाई आधार बनाएर छानबिन गरिरहेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए ।
सरकारका तर्फबाट भने २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भई काम भइरहेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले २३ र २४ भदौका घटनाबारे तत्कालीन गृहमन्त्री रमेश लेखकदेखि काठमाडौं महानगर प्रमुख बालेन्द्र (बालेन) शाहसम्मलाई सोधपुछ गरेको छ । आयोगले यसै साता लेखकसँग सोधपुछ गरेको थियो । बालेनसँग भने सोमबार करिब २ घण्टा सोधपुछ गरिएको हो । जेन–जी आन्दोलनका क्रममा मानवअधिकार हनन र दमनका विषयमा हालसम्म १ सय ४८ जनासँग सोधपुछ गरेको आयोगले छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ ।
आयोगले चार विषय विभाजन गरेर छानबिन गरिरहेको छ । जेन–जी आन्दोलनका क्रममा भएको मानवअधिकार हनन, २३ भदौको आन्दोलनमा प्रहरीको बल प्रयोग (दमन), पारदर्शिता र जवाफदेहिता तथा दण्डहीनतालाई आधार बनाएर छानबिन गरिरहेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए ।
सोधपुछ गरेका अधिकारीहरू
रमेश लेखक, तत्कालीन गृहमन्त्री
एकनारायण अर्याल, तत्कालीन मुख्यसचिव
गोकर्णमणि दुवाडी, तत्कालीन गृह सचिव
चन्द्रकुबेर खापुङ, पूर्वप्रहरी महानिरीक्षक
दानबहादुर कार्की, प्रहरी महानिरीक्षक
राजु अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक
हुतराज थापा, राष्ट्रिय अनुसन्धान विभाग पूर्वप्रमुख
छवि रिजाल, काठमाडौंका तत्कालीन सीडीओ
पृथ्वीसुब्बा गुरुङ, तत्कालीन सञ्चारमन्त्री
मानवीर राई, तत्कालीन रक्षामन्त्री
बालेन शाह, काठमाडौं महानगरका मेयर
सोधपुछ गर्न बाँकी
केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री
आरजु राणा देउवा, तत्कालीन परराष्ट्रमन्त्री
अशोकराज सिग्देल, प्रधानसेनापति
सुरक्षा परिषद्का अन्य सदस्य




