एमाले पदाधिकारीमा सबैभन्दा धेरै मत गुरूङलाई
नेकपा एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमध्ये सबैभन्दा बढी मत ल्याएका छन् ।
बिहीबार सम्पन्न मतगणना अनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बनेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीको भन्दा बढी मत प्राप्त भएको छ ।
एमालेमा १९ पदाधिकारीमध्ये उपाध्यक्षमा गुरुङ १ हजार ७ सय ३७ मतसहित विजयी भएका हुन् । जवकी अध्यक्ष ओलीले १ हजार ६ सय ६३ मत पाएका छन् । उपाध्यक्षमा गुरुङपछि विष्णुप्रसाद पौडेलको १ हजार ६ सय ७५ र रामबहादुर थापाको १ हजार ५ सय १६ मत आएको छ ।
तर पृथ्वी सुब्बाको गृहजिल्ला लमजुङबाटै दलित युवा काेटामा उमेदपरवारी दिएका सक्षम युवा हिरा विश्वकर्माले भने ३६४ मत मात्रै प्राप्त गरेर पराजित हुनुपर्याे । उनलेे गुटमा नलागकै कारण आफु पराजित भएको भन्दै विजयीलाई बधाई दिएका छन् ।




