एमाले केन्द्रीय समितिले उल्टायाे विधान, बनायाे १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य
नेकपा एमालेले विधान संशोधन गरी पदाधिकारी र केन्द्रीय समितिकाे संख्या बढाउने निर्णय गरेको छ ।
पार्टीको महाधिवेशनकाे सन्दर्भमा आज बसेकाे केन्द्रीय समिति बैठकले भदौमा सम्पन्न भएको विकान महाधिवेशनले गरेको निर्णय उल्ट्याउँदै पदाधिकारीकाे संख्या १९ पुर्याउने निर्णय गरेको हाे ।
यस अघि बसेकाे सचिवालय बैठकमा अध्यक्ष ओलीले गरेको विधान संशाेधनकाे प्रस्ताव बहुमतले खारेज गरेपछि विधान अधिवेशनले गरेको निर्णयलाई नै कायम गरी १५ पदाधिकारी बनाउने निर्णय गरेको थियाे ।
आज बसेकाे केन्द्रीय समितिले १९ सदस्यीय पदाधिकारी, ५ जना उपाध्यक्ष, महासचिव १ जना, उपमहासचिव ३ जना सचिव ९ जना रहने गरी विधान संशोधन गरेको हाे ।
त्यसैगरी ९९ जना पाेलिट्व्युराे र एक तिहाई स्थायी समिति सदस्य रहने निर्णय गरिएको छ ।
स्थाायी समिति सदस्य शेरबहादुर तामाङले केन्द्रीय समिति ३०१ जना रहने निर्णय गरेको बताए ।
केन्द्रीय कमिटीको निर्णय-
अध्यक्ष १
उपाध्यक्ष ५
महासचिव १
उपमहासचिव ३
सचिव ९
स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई)
पोलिटब्युरो ९९
केन्द्रीय कमिटी ३०१




