सुर्खेतबाट प्रचण्डले भने- कुलमानजस्ताे बैगुनी नहुनु

मूलखबर संवाददाता
सुर्खेत, २७ मंसिर

नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलमान बैगुनी भएकाे बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको कर्णालीस्तरिय एकता सभालाई सुर्खेतमा सम्बाेधन गर्दै प्रचण्डले भने- कुलमानजस्ताे बैगुनी काेही नहुनु । उनलेे आफुले नै टिपेर ल्याएर एमडी बनाएकाे र पछि आफु प्रधानमन्त्री भएको बेला म्याद पुन थप गरी काम गर्न दिएकाे कुरा विर्सेर जनताले आफुलाई बनाएकाे भनेर कुलमानले भन्नु बैगुनीकाे पराकाष्ठा भएको प्रचण्डको भनाइ थियाे ।

माधव नेपाल र बामदेब नारायणकाजीसहित सुर्खेत पुगेका प्रचण्डले जनपक्षिय काम माओवादी नेतृत्व र नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा मात्रै हुने दाबी गरे ।

उनलेे किसानकाे ऋण मिनाहा, लाेडसेडिङकाे अन्त्य, भ्रष्टाचारविरूद्वकाे अभियान, सुशासनको अभियान, मध्यपहाडी लाेकमार्ग र राष्ट्रिय गाैरवका आयाेजनामार्फत विकास र समृद्धिकाे अभियान आफुहरूले नै शुरू गरेर अगाडि बढाएकाे बताउँदै जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन दिए ।