एमालेकाे आकस्मिक सचिवालय बैठक, हाेला त विधान संशोधन ?
नेकपा एमालेले आकस्मिक सचिवालय बैठक डाकेकाे छ ।
महाधिवेशनको तयारीका लागि बस्न लागेको बैठकमा विधान संशोधन, राजनीतिक र साङ्गठनिक प्रस्ताव प्रस्तुत गरिने बताइएको छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विधानमा आवश्यक संशोधनका लागि प्रस्ताव गर्ने छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष भने भदौमा पारित गरेको विधान संशोधन गर्न नहुने धारणा राख्दै आएको छ।
ओली महाधिवेशनबाट नेताहरूको व्यवस्थापनका लागि विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउने पक्षमा छन्।
केन्द्रीय पदाधिकारीको सङ्ख्या १५ बाट बढाएर १९ र केन्द्रीय कमिटीको सङ्ख्या २५१ बाट बढाएर ३०१ पुर्याउने तयारी ओलीको छ।




