कांग्रेसले हालेकाे रिट सर्वोच्चमा दर्ता, हाेला त संसद पुनःस्थापना ?

मूलखबर संवाददाता
काठमाडौं

सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाकाे निर्वाचन घाेषणा गरी तयारीमा लागेकाे छ । तर यहिबेला फेरि  प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वोच्चमा रिट पेस गरेको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट आज दर्ता भएको हो । रिटको पेशी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए ।

यस अघि नेकपा एमालेले हालेकाे रिट उफर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियाे ।