याे व्यवस्थालाई समाजवादमा पुर्याउन एकता गरियाे- अनन्त
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पुर्वमन्त्री वर्षमान पुन अनन्तले अहिलेकाे व्यवस्था यही अवस्थामा नरहने र समाजवादमा पुग्ने बताएका छन् ।
राेल्पामा आयाेजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा बाेल्दै अनन्तले भने -हामीले राजतन्त्र फाल्याैं, गणतन्त्र ल्यायाैं तर जनताको अवस्था भनेजस्तो बदलिन सकेन, त्यसैले समाजवादकाे आवश्यकता छ । हामी त्यहाँ पुग्नैपर्छ, त्यसैकाे लागि एकता गरिएको हाे ।
उनलेे नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ दल हुँदै अहिले १५ दल र समुह एकीकृत र ध्रुविकृत भई नेपाली कम्युनिस्ट पार्टी बनेकाे र त्यसले नेपालमात्रै नभएर विश्वभर नेपालमा वामपन्थीहरू, क्रान्तिकारी शक्तिहरू एकतावद्व हुँदैछन् भन्ने सन्देश गएकाे बताए ।
उनलेे माओवादी शक्तिहरू, क्रान्तिकारी शक्तिहरू र परिवर्तनको पक्षधर सबैकाे लक्षय समाजवाद भएकाले एकतावद्व हुनुपर्ने आवश्यकता भएको बताए र एकताबद्व हुन अपिल पनि गरेका छन् ।




