एनपिएल : लुम्बिनी लायन्स प्ले अफ पुग्याे, जनकपुर पराजित

मूलखबर संवाददाता
काठमाडौं, १९ मंसिर

राजधानीमा जारी नेपाल प्रिमियर लिग निर्णायक क्षणतिर प्रवेश गर्ने क्रममा छ ।

आज भएको  खेलमा लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को प्ले अफ–फुग्ने चौथो टिम बनेको छ ।

लुम्बिनीले त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई चार विकेटले हराएको हो ।

सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स यसअघि नै प्ले-अफ पुगिसकेका छन् । त्यसमध्ये सुदूरपश्चिम शीर्षमा रहेर क्वालिफायर-१ का लागि समेत छनोट भइसकेको छ ।