राष्ट्रिय सभा सदस्यकाे निर्वाचन माघ ११ गते, यी हुन् बिदा हुने १९ सांसद ?
राष्ट्रिय सभा सदस्यकाे रूपमा ०७६ मा भएको निर्वाचनबाट आएका १९ सांसदको कार्यकाल आगामी फागुनबाट सकिँदै छ। उक्त रिक्त हुन लागेको स्थानमा माघ ११ गते राष्ट्रियसभाको चुनाव हुन लागेको हो। बिदा हुन लागेकोमध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन्।
कार्यकाल सकिनेमा नेकपा एमालेका ८ जना, माओवादी केन्द्रका ७ जना, नेकपा एकीकृत समाजवादीका २ जना, लाेसपाका १ जना गरी १९ जना रहेका छन् ।
एमालेबाट बिदा हुनेमा देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, सुमित्रा बिसी र शारदा देवी भट्ट रहेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (माओवादी र एकीकृत समाजवादी)बाट नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, बेदुराम भुसाल, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान रहेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह र जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव पनि कार्यकाल सकिएर बिदा हुँदै छन्।




