प्रधानमन्त्री कार्कीको आयाेजनामा आज सर्वपक्षीय बैठक

मूलखबर संवाददाता
काठमाडौं, १९ मंसिर

जेनजी आन्दोलनको बलमा स्थापित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गर्न अपराह्न ४ बजे प्रधानमन्त्रीले बैठक आह्वान गरेकी हुन् ।

बैठकमा सहभागिताका लागि जेन-जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, कांग्रेस, एमाले, नेकपा, राप्रपा, रास्वपालगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।