विभिन्न पार्टी परित्याग गरी ३५० बढी मजदुर नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
विभिन्न पार्टीमा आवद्व भएका ३५० भन्दा बढी युवाहरू विभिन्न अन्य संगठन छोडेर नेपाली कम्युनिस्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड यूनियन फेडेरेसन (एनटिएनयूएफ) मा प्रवेश गरेका छन्।
उनीहरूलाई मंगलबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल तथा अन्य पार्टी नेताहरूले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा स्वागत गरेका थिए।
मजदुर किसानकाे पक्षमा काम गर्ने र निरन्तर लड्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी नै भएकाे निष्कर्षमा पसगेर विभिन्न पार्टी परित्याग गरेकाे नव प्रवेशी मजदुर र युवाले बताएका छन् ।




