अब विशेष महाधिवेशनकाे विकल्प छैन- गगन थापा

मूलखबर संवाददाता
काठमाडौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनकाे कुनै विकल्प नभएको बताएका छन् । उनलेे निर्वाचन पहिले नै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वसहित निर्वाचनमा जाने अडान पसनः सार्वजनिक गरेका छन् ।

हिजाे नेपाली कांग्रेसले शेरबहादुर देउवाकै नेतृत्वमा निर्वाचन आयाेगमा दल दर्ता गरेपछि देशभरिका कार्यकर्ताले  साेधिरहेकाे बताउँदै सामाजिक सञ्जालमा लेखेका छन्-  अब विशेष महाधिवेशनको विकल्प छैन।

यस्तो छ उनकाे स्टाटस-

बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?
मैले भने; होइन।
साथीहरूले फेरी सोध्नुभयो कसरी?
मैले भने; प्रष्ट छ – अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।
यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन।
कुरा स्पष्ट छ, अलमलमा नपरौं।