बाबुराम, जनार्दन र सन्तोष समुहकाे एकता आज

मूलखबर संवाददाता
काठमाडौं, ७ मंसिर

२०७२ सालमा कम्युनिस्ट र मार्क्सवाद परित्याग गरेका डा. बाबुराम भट्टराई, हालसालै नेकपा माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र रास्वपा परित्याग गरेका सन्ताेष परियारबीच आज एकता घाेषणा हुने भएको  छ । घाेषणा पछि बन्ने प्रगतिशील लोकतान्त्रिक पार्टीले आज बृहत एकता घोषणा सभा गर्ने भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीमा एकता प्रक्रियामा सामेल नभएका तत्कालन माओवादी केन्द्रका नेता जनार्दन शर्माको पहलमा स्थापित सो पार्टीले काठमाडौंको राष्ट्रिय सभागृहमा आज दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम गर्न लागेको हो ।