सिमरामा जेनजी युवामाथी गरिएको आक्रमण निन्दनीय छ: मेयर राजन पाैडेल

मूलखबर संवाददाता
बारा, ३ मंसिर

आज सिमरा विमानस्थलमा जेनजी युवाहरूमाथि भएकाे आक्रमण र दमन निन्दनीय भएको भन्दै जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलले आपत्ति जनाएका छन् ।

एमाले नेताहरू शंकर पाेखरेल र महेश बस्नेत सिमरा विमानस्थलमा आउँदै गरेको खबरपछि त्यसको विराेधमा उत्रिएका जेनजी युवाहरू र एमाले समर्थक कार्यकर्ताहरूबीच झडप भएको थियाे । साे क्रममा एमाले कार्यकर्ताहरूले र प्रहरीले जेनजी आन्दोलनकारीहरूमाथि आक्रमण र दमन गरेका थिए ।

कुनै पनि वपषयमा शान्तिपूर्ण रूपमा विराेध गर्न पाउने संवैधानिक अधिका हनन भएको भन्दै जेनजीहरूले थप आन्दोलन चर्काएका थिए । झडपपछि प्रहरीले अश्रुग्याँससहित दमनमा उत्रिएको थियाे ।