एमालेले संसद पुनःस्थापनाका लागि सडक र अदालत दुबै प्रयाेग गर्ने

मूलखबर संवाददाता
काठमाडौं

जेनजी आन्दोलनबाट सत्ताच्युत हुन पुगेको संसदकाे दाेस्राे ठूलो दल नेकपा एमालेले  विघटित संसद् पुनर्स्थापनाका लागि सडक र अदालत दुवैतिरको बाटो अख्तियार गर्ने भएको छ । पुनर्स्थापनाका पक्षमा देशव्यापी जनपरिचालन गरिरहेको एमालेले मंगलबार संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको हो ।

एमालेले पार्टी कार्यलय च्यासलमा डाकिएकाे संसदिय दलकाे बैठकबाट साे निर्णय गरेको हाे ।

रिट दर्ताका लागि बैठकले सम्पूर्ण अख्तियारी तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई दिएको छ । बैठकले मुलुकको संवैधानिक निकासका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाजसहित सबैलाई संसद् पुनर्स्थापनाका पक्षमा उभिन अपिल पनि गरेको छ । बैठकले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दललगायत सबैलाई संसद् पुनर्स्थापनाको पक्षमा उभिन आह्वान गरेको छ ।