सशस्त्र क्रान्तिकाे नारा छाेडेका विप्लवकाे पार्टी माओवादी, चुनाव चिन्ह गुलाब
सशस्त्र एकीकृत जनक्रान्तिकाे नारासहित पार्टी विभाजन गरेर विभिन्न नामका पार्टी बनाएका नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नै कायम गरेका छन् ।
पहिलोपटक निर्वाचनमा भाग लिने उद्घाेष गर्दै दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन् । निर्वाचन आयोगले विप्लव नेतृत्वको माओवादीलाई चुनाव चिन्ह गुलाब प्रदान गरेको छ ।
प्रमाणपत्र प्राप्त गरेपछि हातमा गुलाब बोक्दै उनले नयाँ दल दर्तासँगै नयाँ अभियान सुरु भएकाले देशभर नयाँ अभियानमा अघि बढ्ने प्रतिक्रिया दिए । उनले भने ‘आज पनि जनतामा, भोलि पनि जनतामा । जनताले देखाएको बाटोमै परिवर्तन सम्भव छ।’




