कीर्तिपुर क्रिकेट स्टेडियममा बल्याे फ्लड लाइट, अब राती पनि ढुक्कसँग खेल्न सकिने

मूलखबर संवाददाता
काठमाडौं, १ मंसिर

त्रिभुवन विश्वविद्यालय परिसरमा रहेकाे क्रिकेट स्टेडियममा फ्लड लाईट जडान सम्पन्न भएको छ ।

क्रिकेटमा नेपालीले प्राप्त गरेको प्रत्येक सफलतापछि बत्ती नभएको आलाेचना खेप्दै आएकाे याे अन्तर्राष्ट्रिय स्तरकाे स्टेडियममा बत्ती जडान गरेपछि अब यसकाे चाैतर्फी चर्चा भएको छ ।

बत्ती जडानपछि अब रातकाे समयमा पनि ढुक्कसँग क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने भएको  छ ।