सम्झनामा शक्ति लम्साल : क्रान्तिकारी पत्रकारदेखी कुसल राजनितिज्ञसम्म
क्रान्तिकारी पत्रकारिताकाे कुरा गर्दा छुटाउनै नहुने र विर्सनै नसकिने नाम हाे शक्ति लम्साल । काठमाडौंकाे चाबहिलमा १९९३ सालमा जन्मेर जिवन पर्यन्त जनपक्षिय र क्रान्तिकारी पत्रकारितामा क्रियाशील लम्सालकाे आजभन्दा १० वर्ष अगाडि २०७२ कात्तिक २४ गते निधन भएको थियाे ।
जनपक्षीय पत्रकारिता, साहित्य र राजनीतिका गुरु, सरल जीवन र कठिन संघर्षका प्रेरणा पात्र आदरणीय शक्ति लम्साल २०१० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएकाे थियाे ।
उहाँ लामाे समय जनादेश साप्ताहिककाे सम्पाद हुनुहुन्थ्यो । जसले नेपालमा २०५२ फागुन १ गतेदेखि चलेकाे जनयुद्धको पक्षमा र जनताको पक्षमा निरन्तर सुचना, समाचार, विचार र रिपोर्ट सञ्चार गराउने काम गर्दथ्याे ।
उहाँको संक्षिप्त जीवनी :
———————–
नामः शक्ति लम्साल
टेकनामः रुख, गुलाब, अजय, आजाद, पथिक
जन्ममितिः १९९३ चैत २२ (७ अप्रिल, १९३६)
जन्मस्थानः चारुमार्ग, चाबहिल, काठमाडौं
बाबुआमाः सु. कृष्णप्रसाद/राधादेवी लम्साल
शिक्षाः मेट्रिक
ठेगानाः कामनपा- ४, चण्डोल (वंशीधरमार्ग)
परिवारः श्रीमती कृष्णा, छोरा सन्तोष र छोरी प्रज्ञा
निधनः २०७२ कात्तिक २४ गते राति ९ बजे (त्रिवि शिक्षण अस्पताल)
राजनीतिक-सांगठनिक संलग्नताः
————————————–
– २००८ सालमा भारतको तेलाङ्गना हतियारबन्द विद्रोहका नेता कृष्णचन्द्र शास्त्रीबाट कम्युनिस्ट राजनीति र विचारधाराप्रति आकर्षित ।
– २००९ मा साहित्यकार रमेश विकलले बुढीऔंलाको रगतले सहीछाप गराई सदस्यता फारम भराएपछि २०१० मा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त । प्रारम्भमा विद्यार्थी र युवक सङ्घमा आबद्ध ।
– नेपाल कम्युनिस्ट पार्टीको प्रथम अधिवेशन (२०१०, पाटन) मा चौतारा (सिन्धुपाल्चोक) बाट प्रतिनिधित्व
– २०१४ मा सम्पन्न दोस्रो महाधिवेशन (फोहरा दरबार, काठमाडौं) मा प्रतिनिधि छानिए पनि प्राविधिक कारणले सहभागी हुन नसकेको ।
– २०१८ मा सम्पन्न प्रशिद्ध दरभंगा प्लेनम (विस्तारित बैठक) मा सहभागी ।
– २०१९ मा सम्पन्न तेस्रो महाधिवेशन (मोतीमहल, वाराणसी) मा सहभागी ।
– २०४१ मा सम्पन्न पाँचौं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी ।
– २०५१ मा सम्पन्न नेकपा (माओवादी) को तेस्रो विस्तारित बैठकमा प्रतिनिधिका रूपमा सहभागी । बैठकद्वारा केन्द्रीय सल्लाहकारमा नियुक्त ।
– सन् १९५७ मा प्रथम समाजवादी देश सोभियत सङ्घको मस्कोमा सम्पन्न सातौं विश्व युवा विद्यार्थीको सम्मेलनमा जानबाट प्राविधिक कारणले वञ्चित ।
– २०३५ देखि ०४६ सम्म नागरिक अधिकार मञ्चको संयोजक ।
– २०१३ मा पश्चिम नेपाल युवक सङ्घको प्रचारमन्त्री ।
– जनअधिकार सुरक्षा समितिका केन्द्रीय सदस्य ।
– सर्वजातीय अधिकार मञ्चका केन्द्रीय सदस्य ।
– प्रगतिशील लेखक सङ्घ (प्रलेस) का केन्द्रीय उपाध्यक्ष ।
– पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य ।
– अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय संयोजक ।
– संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका केन्द्रीय सदस्य ।
– राष्ट्रिय जनआन्दोलन संयोजन समिति (२०५३) का केन्द्रीय सदस्य ।
– संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य (२०४७) ।
– संयुक्त लोकतान्त्रिक मोर्चा नेपालका संस्थापक केन्द्रीय सदस्य ।
– अखिल नेपाल किसान सङ्घ तथा युवक फेडेरेसनमा समेत केही समय आबद्ध भई सक्रिय ।
– शान्ति ऐक्यबद्धता नागरिक आन्दोलन (२०६२-६३) मा संलग्न भई गिरफ्तार ।
– नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ।
– २०५४ मा जनपक्षीय पत्रकार सङ्घका केन्द्रीय संयोजक ।
(जनजिब्रो मासिक (हाल साप्ताहिक) को अनुरोधमा उहाँ आफैंले आफ्नो जीवनका महत्वपूर्ण कार्य र अनुभूतिबारे उपलब्ध गराउनुभएको तथ्य–तथ्यांकमा आधारित)




