युवा सांस्कृतिक कार्यक्रम सम्पन्न

मूलखबर संवाददाता
काठमाडौं

अन्तराष्ट्रिय युवा दिवस 2025 को सन्दर्भमा शनिबार पाटन दरबार स्क्वायर मा मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्य ले आयोजित युवा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ कार्यक्रम युवालय को आयोजना राष्ट्रिय युवा परिषद संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र आदिवासी जनजाति युवा महासंघ को सहकार्य मा सम्पन्न भए को हो कार्यक्रम मा युवालय का कार्यकारी निर्देशक संजीव अधिकारी ले आम युवा हरु मा मौलिक संस्कृति को जगेर्ना गर्न कार्यक्रम को आयोजना गरेको बताए भने कार्यक्रम का प्रमुख अतिथि राष्ट्रिय युवा परिषद का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत ले यस्ता कार्यकम ले आम नया युवा पुस्ता मा पुराना गीत संस्कृति हरु झल्किने र युवा हरु लाई प्रेरणा हुने बताए त्यस्तै कार्यक्रम मा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य सचिव एबम् विशेष अतिथि कुश्मा महरा ले अहिले बढदै गइरहेको विकृति लाई यस्ता कार्यक्रम ले सकरात्मक सन्देश दिने बताइन् कार्यक्रम मा विभिन्न जातजाति हरु को मौलिक नृत्य हरु प्रस्तुत गरिएको थियो ।