दैलेखमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्याँस फेला
नेपालको दैलख जिल्लामा प्रारम्भिक अनुमान अनुसार ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास (Natural Gas) फेला परेको छ। यो खोजको औपचारिक जानकारी नेपालको खानी तथा भूगर्भ विभाग (Department of Mines and Geology, DMG) ले दिएको हो।
यस क्षेत्रको सम्भाव्यता अध्ययनपछि, २०७८ सालमा सुरु भएको अन्वेषणको कामले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। हालै, २०८२ जेठ ४ गते, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (क. प्रचण्ड / Comrade Prachanda ) दैलख पुगेर उक्त ग्यास स्रोतको स्थलगत अवलोकन गर्नुभएको थियो।
यो प्रारम्भिक अनुमान हो । यदि यो पुष्टि तथा व्यावसायिक उत्खननको लागि उपयुक्त प्रमाणित भयो भने, यो ग्यास स्रोतले नेपालको ऊर्जा सुरक्षामा उल्लेखनीय योगदान पुर्याउन सक्छ।
प्रतिवेदनअनुसार ०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो कुवाको ड्रिलिङको काम चार हजार १३ मिटर गहिराइमा पुगेको थियो । उक्त स्थानमा एक अर्ब १२ करोड घन मिटर मिथेन ग्यास भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । चारवटा स्थानमा रहेका भण्डारणबाट करिब ५० वर्ष नेपाललाई पुग्ने गरी ग्यास हुन सक्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रारम्भिक प्रतिवेदनको नतिजाले देशको आर्थिक अवस्था सुधारमा निकै ठुलो टेवा पुर्याउने आशा गरिएको उद्योगमन्त्री दामोदर भण्डारीले बताए । भण्डारीले भने, ‘ड्रिलिङका वेला संकलन गरिएका नमुनाहरू थप परीक्षणका लागि चीन पठाइएको थियो, अहिले प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई प्राप्त भइसकेको छ ।




