यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
भिजिट भिषा प्रकरण : माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, कांग्रेस एमाले बचाउमा. भिजिट भिषा प्रकरण: माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, कांग्रेस एमाले बचाउमा. भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले राजीनामा दिनुपर्ने चौतर्फी दबाब बढिरहेका बेला प्रमूख प्रतिपक्षी दल. नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।. आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।. बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’. स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’. प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाववादी पार्टी र सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका कतिपय सांसदहरुले समेत गृहमन्त्रीबट लेखकले राजीनामा दिएर छानवीनमा सहयोग गर्नुपर्छ भनिरहेका बेला माओवादी केन्द्रको आधिकारीक धारणा आएको हो । तर आजै बसेक नेपाली कांग्रेस र एमालेको बैठकले भने आधिकारीक रुपमा राजीनामा दिन पने निर्णय गर्न सकेन ।. उल्टै कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामा माग्ने सांसद र नेतालाई स्पष्टिकरण सोध्नुपर्ने निश्कर्ष निकालेको छ । आम जनस्तरबाट समेत गृहमन्त्रीले छानविनमा सहयोग गर्न तत्काल राजीनामा दिनुपर्ने माग सर्वत्र राखिरहेका बेला सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले राजीनामा दिन नपर्ने निर्णय गरेर भ्रष्टाचारको पूर्ण संरक्षण्मा सरकार र दल रहेको सन्देश दिएका छन् ।. यस अघि आफैंले बनाएको मापदण्ड र मान्यतालाइ समेत लत्याएर एमाले कांग्रेसले गरेको निर्णयले जनतामा झन निराशा थप्ने काम गरेको छ भने कांग्रेस एमालेको वर्तमान गठबन्धन सरकार भ्रष्टाचारको संरक्षण र सुशासनको विरुद्धमा भएको पुष्टि भएको छ ।. गृहमन्त्री रमेश लेखक सादगी नेताका रुपमा चिनिन्थे तर यस टक गृहमन्त्री भएपछि उनको गतिविधि र क्रियाशैलीले उनको छवी पुरै धुमिलिएको छ । तसर्थ आफ्नो धुमिलिएको छवी सुधारेर फेरी सादगी नेताको पहिचान बनाउन गृहमन्त्रीको पदबाट नेता रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुनेछ ।.
भिजिट भिषा प्रकरण : माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा, कांग्रेस एमाले बचाउमा
मूलखबर संवाददाता
काठमाडौं, १२ जेठ ।
भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले राजीनामा दिनुपर्ने चौतर्फी दबाब बढिरहेका बेला प्रमूख प्रतिपक्षी दल
नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’
प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाववादी पार्टी र सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका कतिपय सांसदहरुले समेत गृहमन्त्रीबट लेखकले राजीनामा दिएर छानवीनमा सहयोग गर्नुपर्छ भनिरहेका बेला माओवादी केन्द्रको आधिकारीक धारणा आएको हो । तर आजै बसेक नेपाली कांग्रेस र एमालेको बैठकले भने आधिकारीक रुपमा राजीनामा दिन पने निर्णय गर्न सकेन ।
उल्टै कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले गृहमन्त्रीको राजीनामा माग्ने सांसद र नेतालाई स्पष्टिकरण सोध्नुपर्ने निश्कर्ष निकालेको छ ।
आम जनस्तरबाट समेत गृहमन्त्रीले छानविनमा सहयोग गर्न तत्काल राजीनामा दिनुपर्ने माग सर्वत्र राखिरहेका बेला सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले राजीनामा दिन नपर्ने निर्णय गरेर भ्रष्टाचारको पूर्ण संरक्षण्मा सरकार र दल रहेको सन्देश दिएका छन् ।
यस अघि आफैंले बनाएको मापदण्ड र मान्यतालाइ समेत लत्याएर एमाले कांग्रेसले गरेको निर्णयले जनतामा झन निराशा थप्ने काम गरेको छ भने कांग्रेस एमालेको वर्तमान गठबन्धन सरकार भ्रष्टाचारको संरक्षण र सुशासनको विरुद्धमा भएको पुष्टि भएको छ ।
गृहमन्त्री रमेश लेखक सादगी नेताका रुपमा चिनिन्थे तर यस टक गृहमन्त्री भएपछि उनको गतिविधि र क्रियाशैलीले उनको छवी पुरै धुमिलिएको छ । तसर्थ आफ्नो धुमिलिएको छवी सुधारेर फेरी सादगी नेताको पहिचान बनाउन गृहमन्त्रीको पदबाट नेता रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुनेछ ।