नेपालको सपना अधुरो, म्यानमार बन्यो फेरि पनि विजेता

मूलखबर संवाददाता
काठमाडौं, १४ फागुन ।

नेपाली महिला टिमले राम्रो खेल खेल्दा खेल्दैपनि विश्वकपमा जाने सपना पुरा गर्न सकेन । बुधबार घरेलु मैदानमा सम्पन्न् फाइनल खेलमा म्यानमारबाट पराजित भएर नेपाललै आफ्नो सपना अधुरै राख्न बाध्य भयो । उपाधि चुमेको भए नेपाली टिक विश्वकप खेल्न पाउने सम्भावना थियो ।
दशरथ रंगशालामा भएको फोर नेसन्स कपको फाइनलमा नेपाललाई २–० ले पराजित गर्दै म्यानमार विजयी बनेको हो ।

यु पर किनले खेलको ६२ औं मिनेटमा गरेको गोलको मद्दतले म्यानमारले अग्रता लिएको थियो । एक गोलले पछाडि रहेको स्थितिमा नेपाल थप दबाबमा आयो र गीता रानाले ६४ औं मिनेटमा आत्मघाती गोल गरिन् । विनको प्रहार जोगाउन क्रममा गीताले बललाई आफ्नै पोस्टको दिशा दिइन् । खेलको ७० औं मिनेटमा रश्मिकुमारीको प्रहार म्यानमारकी गोलरक्षक म्यो म्या म्याले जोगाइन् ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगेको थियो । म्यानमारकी सान थउ थउले २४ औं मिनेटमा गरेको प्रहारलाई गोल लाइनबाट विमला विकले जोगाएकी थिइन् । यस्तै खेलको ३५ औं मिनेटमा सावित्रा भण्डारी, रेखा पौडेल र सविता रानामगरले लगातार मौका पाए पनि त्यो निर्णायक सावित हुन सकेन ।

नेपाली खेलाडिको मनोबल बढाउन र जितको खुसी मनाउन प्याराफिटको पूर्ण क्षमताको सिटहरु नेपाली दर्शकले भरिएका थिए भने रंगशाला बाहिर र विभिन्न स्थानमा डिस्प्ले राखेर खेल हेर्ने दर्शकको भिड थियो । पहिलो हाफमा उत्साही बनेका दर्शकहरु दोश्रो हाफको शुरुको १० मिनेटमै २ गोल खाएपछि निराश बनेका थिए । पहिलो गोल खाएपछि नेपाली टिक हतोतसाही देखिएको थियो । रेखा पौडेलको बहिर्गमनपछि नेपाली टिमले लगातार गोल खाएको थियो । दर्शकहरुले उनको उपस्थिति भएको भए त्यस्तो नहुने थियो की भनेर पनि आशंका गरेका थिए । तर उनलाई घाइते भएकाले फेरिएको कोचले बताएका छन् ।