
दिनदिनै दुर्घटना : कालिकोटमा जिप दुर्घटनामा ७ काे मृत्यु
सडक दुर्घटनाको खबर दिदिनै बढिरहेका छन् । आज कर्णाली प्रदेशकाे विकट जिल्ला कालिकोटमा भएको सडक दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन् ।
पलाता गाउँपालिका- ३ राडूनेटामा भएको जिप दुर्घटनामा घटनास्थलमै ६ जना र उपचारको क्रममा १ घाइतेको ज्यान गएको प्रहरीले जनाएको छ ।
सुर्खेतमा सल्यानका ४५ वर्षीय चालक धनिराम रावतको उपचारको क्रममा मृत्यु भएको हो । पलाता दुर्घटनामा घाइते चालक रावतसहित १३ जनालाई उपचारका लागि हेलिकप्टरमा कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएकोमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा यसअघि ६ जनाको ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया छन् ।
https://mulkhabar.com/archives/142118
