मुग्लिङ नारायणगढ खण्डकाे सत्रकिलाेमा बस र माइक्रो ठाेक्कीँदा ४ काे मृत्युु
प्रत्येक दिन जसाे राजमार्गमा दुर्घटनाका खबर हरू आइरहेका छन् । आज पनि मुग्लिङ नारायणगढ सडक खण्डमा माइक्राेबस र बस ठाेक्किएर दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाउनुपरेको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस चितवनकाे सत्रकिलाे भन्ने स्थानमा ठोक्किएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।
घाइतेमध्ये गोरखा जिल्ला आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु भएको डीएसपी रिजालले बताए । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुष रहेका छन्। त्यसैगरी चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेकी अन्दाजी ४० वर्ष जतिकी महिलाको पनि मृत्यु भएको छ ।
घाइतेहरूकाे भरतपुर मेडिकल कलेज र चिनवन मेडिकल अस्पतालमा उपचार भइरहेको बताईएकाे छ ।