यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेता, बंगलादेशले लियाे उपाधि. मूलखबर संवाददाता काठमाडौं, १४ कात्तिक २०८१ नेपाल साफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेकाे छ । नेपालमा बुधबार सम्पन्न फाइनल खेलमा बंगलादेश २ गाेलसहित विजेता बन्दा नेपाल १ गाेलसहित उपविजेता बनेकाे हाे ।. बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रिएकाे थियाे ।. सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर रहेको थियाे । तर यसपटक पनि सफल हुन सकेन ।. यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुगेकाे थियाे जुन यसपटक पनि दाेहाेरिएकाे छ । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।. दशरथ रंगशालामा खचाखच भरिएका दर्शक र टिकट नपाएर टुँडिखेल, चावहिल तथा घरमा टिभी र यट्युव तथा सामाजिक सञ्जालमा लाइभ हेर्ने करोडौं नेपालीहरू नेपाली टिम वजेता बनन नसकेकोमा दुखि भएका थिए । तर पनि राम्रो खेल प्रदर्शन गरेकोमा धन्यवाद दिएका छन् ।. बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो ।.
साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेता, बंगलादेशले लियाे उपाधि
मूलखबर संवाददाता
काठमाडौं, १४ कात्तिक २०८१
नेपाल साफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेकाे छ । नेपालमा बुधबार सम्पन्न फाइनल खेलमा बंगलादेश २ गाेलसहित विजेता बन्दा नेपाल १ गाेलसहित उपविजेता बनेकाे हाे ।
बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रिएकाे थियाे ।
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर रहेको थियाे । तर यसपटक पनि सफल हुन सकेन ।
यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुगेकाे थियाे जुन यसपटक पनि दाेहाेरिएकाे छ । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।
दशरथ रंगशालामा खचाखच भरिएका दर्शक र टिकट नपाएर टुँडिखेल, चावहिल तथा घरमा टिभी र यट्युव तथा सामाजिक सञ्जालमा लाइभ हेर्ने करोडौं नेपालीहरू नेपाली टिम वजेता बनन नसकेकोमा दुखि भएका थिए । तर पनि राम्रो खेल प्रदर्शन गरेकोमा धन्यवाद दिएका छन् ।
बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो ।