यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
५०४ कुमारीको सामूहिक पूजा. मूलखबर संवाददाता काठमाडौं काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरुको सामूहिक पूजा गरिएको छ ।. युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा सोमबार ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको हो । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरिएको हो ।. युवा विश्व हिन्दु महासङ्घको आयोजनामा १९औं पटक कुमारी पूजा भएको आयोजक राजन महर्जनले जानकारी दिनुभयो । ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू सो पूजामा सहभागी भएका थिए ।. नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन रहिआएको छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास पनि रहिआएको छ ।.
५०४ कुमारीको सामूहिक पूजा
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरुको सामूहिक पूजा गरिएको छ ।
युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा सोमबार ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको हो । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरिएको हो ।
युवा विश्व हिन्दु महासङ्घको आयोजनामा १९औं पटक कुमारी पूजा भएको आयोजक राजन महर्जनले जानकारी दिनुभयो । ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू सो पूजामा सहभागी भएका थिए ।
नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन रहिआएको छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास पनि रहिआएको छ ।