
गुमनाम विष्णु माझीले ल्याइन तीज गित, `आइन आमा´ ( भिडियोसहित)
भाैतिक रूपमा गुमनाम रहेकी विष्णु माझीले तिजकाे गितबाट स्वर भने फेरि सार्वजनिक गरेकी छिन् ।
माझी समुदायकि युवती विष्णु माझी समावेश तीज गीत ‘पुतलीको भट्टी’ भाग २० अन्तर्गत ‘आइनँ आमा’ शनिबार युट्युबमा सार्वजनिक भएको छ। सपना म्युजिक इन्डस्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन्।
सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन्। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।
स्याङ्जा घर भएकी माझीकाे वास्तविक जीवन कस्तो छ र कसरी वितिरहेकाे छ भन्ने बारे धेरै समाचारहरू आएका थिए । उनलाई उनकै पति सुन्दरमणीले किन गुमनाम राख्न चाहेका हुन् त्याे पनि रहस्यमै छ तर उनलेे गाएको गित भने सुपरहिट हुने गरेको छ ।
https://youtu.be/TQ0ElQ2TkmQ?si=jyQ18YEasMzP6i6s
