यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
समान ४० स्वर्ण पाउँदा ओलम्पिकमा अमेरिका पहिलोे चिन दोश्रो. मूलखबर संवाददाता काठमाडौं, २८ साउन । पेरिसमा सम्पन्न ओलम्पिक २०२४मा अमेरिकाले प्रथम स्थान जित्न सफल भएको छ प्रतिस्पर्धामा समान ४) स्वर्ण पाउँदा पनि चीन दोश्रो स्थानमा पुगेको छ ।. पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछि पदकतालिकामा चीनलाई पछि पारेको हो । पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।. अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्दा चीनले ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेको थियो । अमेरिका र चीनले समान ४० स्वर्ण जित्दा पनि रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो । दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीनको अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।. प्रतियोगितामा जापानले तेश्रो स्थान हासिल गरेको छ । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जितेको छ । त्यसैगरी अष्ट्रेलियाले १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो स्थान हात पार्न सफल हुँदा आयोजक फ्रान्स पाँचौ स्थानमा सिमित रहन पुग्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जितेको थियो ।.
समान ४० स्वर्ण पाउँदा ओलम्पिकमा अमेरिका पहिलोे चिन दोश्रो
मूलखबर संवाददाता
काठमाडौं, २८ साउन ।
पेरिसमा सम्पन्न ओलम्पिक २०२४मा अमेरिकाले प्रथम स्थान जित्न सफल भएको छ प्रतिस्पर्धामा समान ४) स्वर्ण पाउँदा पनि चीन दोश्रो स्थानमा पुगेको छ ।
पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछि पदकतालिकामा चीनलाई पछि पारेको हो ।
पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।
अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्दा चीनले ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेको थियो । अमेरिका र चीनले समान ४० स्वर्ण जित्दा पनि रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।
दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीनको अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।
प्रतियोगितामा जापानले तेश्रो स्थान हासिल गरेको छ । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जितेको छ । त्यसैगरी अष्ट्रेलियाले १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो स्थान हात पार्न सफल हुँदा आयोजक फ्रान्स पाँचौ स्थानमा सिमित रहन पुग्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जितेको थियो ।