यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सावधान ! बढ्दैछ डेंगी, कसरी बच्ने ? सावधान! बढ्दैछ डेंगी, कसरी बच्ने? मूलखबर संवाददाता काठमाडौं, २० साउन वर्षाकाे मात्रा बढेसँगै राजधानी काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा डेंगीको संक्रमण बढेको छ । साउन १४ सोमबार काभ्रेपलाञ्चोकमा एकै दिन १२ जनामा डेंगी संक्रमण पुष्टि भयो । केही दिनअघि काठमाडौं र कास्कीमा चार दिनमै १७/१७ जना र तनहुँमा २० जनामा संक्रमण पुष्टि भएको थियो ।. स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को साउन १४ सम्मको तथ्यांकअनुसार मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लामा डेंगीबाट दुई हजार ६१ जना संक्रमित बनिसकेका छन् ।. आर्थिक वर्ष २०६०/६१ मा एक जना मात्र डेंगी संक्रमित भेटिएकोमा २०८० को पुस मसान्तसम्म आइपुग्दा देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो । डेंगीका कारण गत वर्ष २० जनाको मृत्यु भएको थियो भने सन् २०१९ मा महामारीका रूपमा फैलिएको थियो ।. कसरी वच्न सकिन्छ? आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने ।. पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने. दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।. घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।. पूरै शरिर ढाक्ने लुगा लगाउने ।.
सावधान ! बढ्दैछ डेंगी, कसरी बच्ने ?
मूलखबर संवाददाता
काठमाडौं, २० साउन
वर्षाकाे मात्रा बढेसँगै राजधानी काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा डेंगीको संक्रमण बढेको छ । साउन १४ सोमबार काभ्रेपलाञ्चोकमा एकै दिन १२ जनामा डेंगी संक्रमण पुष्टि भयो । केही दिनअघि काठमाडौं र कास्कीमा चार दिनमै १७/१७ जना र तनहुँमा २० जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को साउन १४ सम्मको तथ्यांकअनुसार मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पामा बाहेक ७३ जिल्लामा डेंगीबाट दुई हजार ६१ जना संक्रमित बनिसकेका छन् ।
आर्थिक वर्ष २०६०/६१ मा एक जना मात्र डेंगी संक्रमित भेटिएकोमा २०८० को पुस मसान्तसम्म आइपुग्दा देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो । डेंगीका कारण गत वर्ष २० जनाको मृत्यु भएको थियो भने सन् २०१९ मा महामारीका रूपमा फैलिएको थियो ।
कसरी वच्न सकिन्छ ?
आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने ।
पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने
दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
पूरै शरिर ढाक्ने लुगा लगाउने ।