महिला भलिबलमा नेपालकाे सानदार जीत, भारत पराजित

मूलखबर संवाददाता
काठमाडौं, १९ साउन

भलिबल खेलकाे प्रतियोगितामा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको छ ।

नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा नेपालले भारतलाई पराजित गरेको हाे  । शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको प्रतिस्पर्धामा ३-२ को सेटमा नेपालले भारतलाई हराएको हो ।

नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनललाई बिर्साउँदै यस पटक सफलता हात पारेको हो ।

त्यतिबेला पनि भारतले अन्तिममा खेल जितेर नेपालबाट स्वर्णपदक खोसेको थियो । पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो ।

भारतले शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरी नेपालसँगको खेललाई तयारी पूरा गरेको थियो । भारतले माल्दिभ्सको चुनौती सजिलै पन्छाउने क्रममा २५–६, २५–११, २५–१० को नतिजा निकालेको थियो । भारतले पहिलो दिन इरानमाथि २५–२०, २५–१८, १९–२५, २५–११ ले सेट जितेको थियो ।