यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
आँखाको सुख्खापनको समस्याको रोकथाम तथा उपचार कसरी गर्ने ? आँखाको सुख्खापनको समस्याको रोकथाम तथा उपचार कसरी गर्ने? मूलखबर संवाददाता काठमाडौं, साउन तपाईंलाई आँखाको सुख्खापन के हो र यसले कस्ता समस्या हुन्छ भन्ने थाहा छ की यसको उपचारको विधि पनि थाहा छ? यदि छैन भने आउनुहोस आँखाको सुख्खापनबारे थोरै चर्चा गरौं ।. तपाईँको आँखालाई निरन्तर रूपमा अप्ठ्यारो हुन्छ, चिलाउँछ, आँखामा आँसु आउँछ वा प्रकाशबाट प्रभावित हुन्छ भने तपाईँलाई आँखा सुक्खा हुने समस्या भएको हुन सक्छ। यो त्यति धेरै गम्भीर समस्या त होइन। तर त्यसले तपाईँलाई दिक्क बनाउन सक्छ। यसले करिब ५ देखि ४० प्रतिशतसम्म मानिस प्रभावित भएका बताइन्छ।. विभिन्न कारणले आँखाको झिल्लीमा गडबडी उत्पन्न भएपछि यस्तो समस्या आउन सक्छ।. आँखाको सुक्खापनबाट जोगिन सुझाव निम्न बमोजिम छन्. आँखामा सीधै हावा पर्नबाट जोगिने. कोठा निकै सुक्खा रहेको बेला ह्युमिडिफाअरको प्रयोग गरी ओस्याउनुहोस्. लामो समय आँखालाई एकाग्र बनाएर गर्नुपर्ने काम भए आराम दिनुहोस्. आँसुको वाष्पीकरण घटाउनका लागि सुक्खा वातावरणमा आँखा बन्द गर्ने गर्नुहोस्. आँखाबाट सीधा पर्ने गरी कम्प्युटरको स्क्रीन राख्नुहोस्. धूमपान नगर्नुहोस् र यदि कसैले गरिरहेको छ भने टाढा बस्नुहोस्. आँखाको सुक्खापनको उपचारका लागि कृत्रिम आँसु वा लुब्रिकेटको प्रयोग गर्न सकिने हुसैन बताउँछन्।. यूकेको न्याश्नल हेल्थ सर्भिस मन तातो पानीमा नरम कपडा भिजाएर त्यसले परेला सफा गर्न र आँखा वरिपरि हल्का ढङ्गले पुछ्न सुझाउँछ। त्यसो गर्दा ग्रन्थिहरूले बनाएका बोसो पगाल्न सहयोग पुग्छ। . औँला अथवा कपासले बिस्तारै परेलीको मसाज गर्दा पनि बोसो पग्लिन सघाउ पुग्न सक्छ।. यी सरल उपायहरू एकसाथ अपनाउँदा अवस्था सुधार ल्याउन सकिन्छ।. त्यसैगरी यसको रोकथामका लागि सही जीवनशैली अपनाउन नेत्ररोग विशेषज्ञ खरेल सुझाउँछिन्।. पर्याप्त मात्रामा पानी खाइरहनुपर्छ. अत्यधिक धुलो, धुवाँमा जानबाट जोगिनुपर्छ. विद्युतीय उपकरण धेरै चलाउनु हुँदैन. गर्मीमा एसी वा पङ्खा धेरै चलाउने वा सीधा आँखामा पर्ने गरी बस्नु हुँदैन।.
आँखाको सुख्खापनको समस्याको रोकथाम तथा उपचार कसरी गर्ने ?
मूलखबर संवाददाता
काठमाडौं, साउन
तपाईंलाई आँखाको सुख्खापन के हो र यसले कस्ता समस्या हुन्छ भन्ने थाहा छ की यसको उपचारको विधि पनि थाहा छ ? यदि छैन भने आउनुहोस आँखाको सुख्खापनबारे थोरै चर्चा गरौं ।
तपाईँको आँखालाई निरन्तर रूपमा अप्ठ्यारो हुन्छ, चिलाउँछ, आँखामा आँसु आउँछ वा प्रकाशबाट प्रभावित हुन्छ भने तपाईँलाई आँखा सुक्खा हुने समस्या भएको हुन सक्छ। यो त्यति धेरै गम्भीर समस्या त होइन। तर त्यसले तपाईँलाई दिक्क बनाउन सक्छ। यसले करिब ५ देखि ४० प्रतिशतसम्म मानिस प्रभावित भएका बताइन्छ।
विभिन्न कारणले आँखाको झिल्लीमा गडबडी उत्पन्न भएपछि यस्तो समस्या आउन सक्छ।
आँखाको सुक्खापनबाट जोगिन सुझाव निम्न बमोजिम छन्
- आँखामा सीधै हावा पर्नबाट जोगिने
- कोठा निकै सुक्खा रहेको बेला ह्युमिडिफाअरको प्रयोग गरी ओस्याउनुहोस्
- लामो समय आँखालाई एकाग्र बनाएर गर्नुपर्ने काम भए आराम दिनुहोस्
- आँसुको वाष्पीकरण घटाउनका लागि सुक्खा वातावरणमा आँखा बन्द गर्ने गर्नुहोस्
- आँखाबाट सीधा पर्ने गरी कम्प्युटरको स्क्रीन राख्नुहोस्
- धूमपान नगर्नुहोस् र यदि कसैले गरिरहेको छ भने टाढा बस्नुहोस्
- आँखाको सुक्खापनको उपचारका लागि कृत्रिम आँसु वा लुब्रिकेटको प्रयोग गर्न सकिने हुसैन बताउँछन्।
- यूकेको न्याश्नल हेल्थ सर्भिस मन तातो पानीमा नरम कपडा भिजाएर त्यसले परेला सफा गर्न र आँखा वरिपरि हल्का ढङ्गले पुछ्न सुझाउँछ। त्यसो गर्दा ग्रन्थिहरूले बनाएका बोसो पगाल्न सहयोग पुग्छ।
- औँला अथवा कपासले बिस्तारै परेलीको मसाज गर्दा पनि बोसो पग्लिन सघाउ पुग्न सक्छ।
- यी सरल उपायहरू एकसाथ अपनाउँदा अवस्था सुधार ल्याउन सकिन्छ।
त्यसैगरी यसको रोकथामका लागि सही जीवनशैली अपनाउन नेत्ररोग विशेषज्ञ खरेल सुझाउँछिन्।
- पर्याप्त मात्रामा पानी खाइरहनुपर्छ
- अत्यधिक धुलो, धुवाँमा जानबाट जोगिनुपर्छ
- विद्युतीय उपकरण धेरै चलाउनु हुँदैन
- गर्मीमा एसी वा पङ्खा धेरै चलाउने वा सीधा आँखामा पर्ने गरी बस्नु हुँदैन।