कला र संगीतलाई पर्यटनसँग जाेडेर लैजानु आवश्यक छ:  मन्त्री तामाङ

मूलखबर संवाददाता
काठमाडौं, १६ असार ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले कला र संगीतलाई पर्टनसँग जाेडेर लैजानुपर्नेमा जाेड दिनुभएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा -प्रतिष्ठानकाे सङ्गीत विभागद्वारा आयोजित “नौमतिमा नौ राग” वादन  प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाली समाजमा नौमती, पञ्चै बाजाको भुमिका जनजीवनमा महत्त्वपुर्ण रहेकोले  यो संगीत र यसको महत्त्व संसार सामु चिनाउनु पर्ने बताउनुभयो ।

उहाँले नेपाली समाजमा व्यापक र प्रचलित संगीत ऐतिहासिक र मौलिक पञ्चैबाजा (नौमती बाजा)को विशिष्ट योगदान प्रभाव स्थापित भएको पनि बताउनु भयो ।
नौमति बाजाको संरक्षण, बिकास र प्रवर्द्धनलाई पनि राज्य तथा सबै पक्षले ध्यान दिनु पर्नेमा मन्त्री तामाङले जोड दिनुभयो ।
नेपालमा अहिले सम्म १३५५ भन्दा वढि वाजाहरुको प्रयोग हुदै आएकोमा  कतिपय बाजाहरू लोपोनन्मुख अवस्थामा र जिर्ण अवस्थामा रहेको भन्दै उहाँले ति सबै बाजाहरू र धुनलाई आफ्नो ठाउँबाट संरक्षण, बिकास र प्रवर्द्धनको खाचो देखिएको बताउनु भयो ।

नेपाली पन्चेबाजा, नौमति बाजा र यसबाट निस्कने धुन, संगीत मुलुकको पहिचान रहेको भन्दै यसको संरक्षण र प्रवर्द्धनले विश्वसामु परित बनाउनुका साथै पर्यटन विकासमा पनि टेवा पुग्ने बताउनु भयाे । यस्ता माैलिक तथा परम्परागत बाजाहरुकाे संरक्षणमा सरकार र मन्त्रालयले महत्त्वपूर्ण भुमिका खेल्ने मन्त्री तामाङले प्रतिवद्वता पनि जनाउनु भयो ।  आर्थिक समृद्धि ल्याउनका लागि पनि यस्ता बाजागाजाको विशेष महत्त्व रहनेमा पनि उहाँको धारणा थियो ।

सामाजिक रूपमा पञ्चैबाजा लाई विभिन्न शुभ कार्य गर्दा यो संगीतलाई नै शुभ साईत (मंगलकार्य) रूपमा प्रयोग गरिने गर्दछ । यो संगितमा नौ वटा बाजाहरूको प्रयोग हुन्छ । सुर, ताल, र लय मिश्रित यो समगितमा विभिन्न राग र तालहरूको प्रयोग हुन्छ ।