सकियाे विश्वकप क्रिकेट, भारतले जित्याे उपाधि, दक्षिण अफ्रिका उपविजेता

मूलखबर संवाददाता
काठमाडौं, १५ असार

भारत आइसिसी टी-२० विश्वकपको उपाधि जित्न सफल भएको छ । भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जित्न सफल भयाे ।

शनिबार राति भएको खेलमा प्रतिस्पर्धी दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै  टी-२० विश्वकपको उपाधि भारतले हात पारेको हाे ।

१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो।

भारतलाई उपाधि जिताउन १६ ‌औं ओभरमा हार्दिक पाण्ड्याले लिएको विकेट महत्वपूर्ण रहेेकाे छ ।