नेदरल्यान्डसँग ६ विकेटले नेपाल पराजित, अब अर्को खेल श्रीलंकासँग

मूलखबर संवाददाता
काठमाडौं, २३ जेठ

अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएकाे छ ।

अमेरिकाकाे डालास टेक्सासमा भएको  खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै खेल शुरू भएको थियाे ।

आफ्नो खेल अवधिमा नेपाली टिमले नेदरल्यान्डस्लाई १ सय ६ रनकाे चुनाैति दिएको थियाे ।  नेपालले दिएकाे १ सय ७ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायाे ।

नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका साेमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बाेहराले समान १ विकेट लिए ।

यसअघि अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदा अल आउट भयाे ।

नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ३५ रनाए । यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जाेडे । नेदरल्यान्ड्सका टिम प्रिङ्गेलले र लाेगन भान वीकले समान ३ तथा पल भान मीकेरेन र बस दी लीडेले समान २ विकेट लिए ।

अब नेपालले लिग चरणकाे दाेस्राे खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्राे जुन १५ मा दक्षिण अफ्रिका र चाैथाे तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।