प्रेस सेन्टर प्रवासका क्षेत्रीय इन्चार्ज ताेकिए, जापानको इन्चार्जमा जिपी लामिछाने

मूलखबर संवाददाता
विनाेद ढकाल, जापान

प्रेस सेन्टर नेपालकाे प्रवास प्रदेश अन्तरगतका देशहरूमा  क्षेत्रीय इन्चार ताेकिएका छन् । जस अनुसार जापानको इन्चार्जमा जिपी लामिछाने चयन भएका छन्।

प्रेस सेन्टर नेपाल प्रबास प्रदेश समितिको पूर्ण बैठकले एक परिपत्र जारी गरी इन्चार्जको जिम्मा लामिछानेलाई दिईएको हो । लामिछाने मध्यान्ह राष्ट्रिय दैनिक जापानका संबाददाता हुन् ।

प्रेस सेन्टरले पुर्बी एसिया इन्चार्जमा तिलक मल्ल ,युरोप इन्चार्जमा केजिन राई, ओसियाना इन्चार्जमा दिल निशानी मगर ,पश्चिम एसिया इन्चार्जमा मेगराज सापकोटा, युएईको इन्चार्जमा लक्ष्मण खनाल लगायत २३ क्षेत्र तथा देशहरुको इन्चार्ज चयन गरेको छ। प्रेस सेन्टर नेपाल प्रबास समितिहरुको कामलाई प्रभाबकारी बनाउनको लागि बिभिन्न क्षेत्र तथा देशहरुमा इन्चार्जहरुको ब्यबस्था गरिएको अध्यक्ष हरि नेपालीले बताए।

प्रेस सेन्टरले प्रबास प्रदेश समिति अन्तर्गतका क्षेत्र तथा देशहरुमा “एक देश एक प्रेस सेन्टर “भन्ने नारालाई आत्मसाथ गर्दै ३ महिना भित्र बिभिन्न देशहरुमा प्रेस संगठन निर्माण गरिसक्नु पर्ने सर्कुलर पनि जारी गरेको छ।

प्रेस सेन्टरले प्रदेश समितिको कार्य चुस्तदुरुस्त सन्चालन गर्न तत्कालको लागि पदाधिकारीबाटै सचिवालयको काम गर्ने निर्णय समेत गरेको छ।

प्रेस सेन्टर नेपाल प्रबास प्रदेश समिति अन्तर्गत बिभिन्न देशमा रहेर पत्रकारिता गरिरहेका र गर्न इच्छुक पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि ३ महिने अभियानको शिलशिलामा ३ दिने अनलाईन पत्रकारिता तालिमको आयोजना गर्ने लगायतका बिषयहरुमा पनि छलफल भैरहेको उपाध्यक्ष तथा पुर्बी एसिया इन्चार्ज तिलक मल्लले जानकारी दिए ।