भरतपुरमा साइकल र्याली, मेयर रेणु दाहालद्धारा उद्घाटन, २ सय भन्दा वढि राइडर सहभागि

मूलखबर संवाददाता
चितवन, ९ चैत ।

नेपालको उत्कृष्ट महानगरपालिकाको रुपमा सथापित भरतपुरमा व्यवसायीक साइकल र्याली आयोजना गरिएको छ । प्रज्ञा प्रतिष्ठानद्धारा आयोजना गरिएको ¥यालीको महानगरपालिकाकी मेयर रेणु दाहालले उदघाटन गर्नुभएको छ ।

भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा भरतपुरमा साईकल र्याली शुरु गर्दे अभियानको शुरु गरिएको हो । हरेक बर्ष साइक्लिङ प्रतियोगिता गर्दै आएको प्रज्ञा स्मृति प्रतिष्ठानले तेस्रो संस्करणको रुपमा आयोजना गरिएको साइक्लिङ प्रतियोगिताको पूर्व संध्यामा आज चितवनको भरतपुरमा बृहत साइकल र्यालीको आयोजना गरिएको हो । ¥यालीमा २ सय भन्दा वढि साइकल राइडरहरु सभागि भएका छन् ।

नारायणगढस्थित नारायणी नदी किनारबाट शुरु भएको ¥यालीको उदघाटनको अवसरमा प्रमुख दाहालले साइकल सिटिका रुपमा भरतपुरको पुरानो पहिचान फर्काउन महानगरले अभियान नै चलाएको बताउनुभयो । उहॉले खेल मार्फत नयॉ पुस्तालाई साईकलको महत्व बुझाउनु आजको आवश्यकता भएको बताउनुभयो । साइक्लिङलाई पर्यटनसंग जोड्दै साईकल खेलको बिकास र युवा खेलाडी उत्पादन गर्न प्रज्ञा प्रतिष्ठानसंगको सहकार्य महानगरका लागि उपयोगी सावित भएको बताउनुभयो । भरतपुर भ्रमण बर्ष २०२४ पर्यटन प्रवद्र्धनको महाअभियान भएकोले यो अभियानमा सबैको साथ र सहयोगको लागि उहॉले आव्हान समेत गर्नुभयो ।

साईकल चलाऔं, वातावरण जोगाऔ, स्वस्थ रहौं भन्ने नारा सहित आयोजना गरिएको र्याली नारायणी नदी किनारबाट शुरु भई ऑपटारी चोक बिशालचोक,केन्द्य्रिय बस टर्मिनल,हामिकचोक,चौवीसकोठी,शहीदचोक,पुल्चोक हु‘दै पुनः नारायणी किनारमा पुगेर समापन भएको थियो । साईकल र्यालीमा २ सय भन्दा बढी साईकल राईडरहरु सहभागि भएका थिए । भोलि चैत १० गते भरतपुरको गणेशस्थानबाट तेस्रो संस्करणको प्रज्ञा स्मृति साईक्लिङ एमटिबी क्रसकन्ट्री ओलम्पिक प्रतियोगिता आयोजना हुने कार्यक्रम संयोजक सन्तु दराईले जानकारी दिनुभयो । नेपाल साईक्लिङ संघ र चितवन साईकल राईडर्स क्लवको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता प्रथम,द्धितीय र तृतीय हुनेले क्रमशः ५० हजार,४० हजार र ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।