यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
जब शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग प्रधानमन्त्रीले भेटे. मूलखबर संवाददाता पाेखरा, ३ चैत प्रधानमन्त्री एवं शहीद प्रतिष्ठान नेपालका संरक्षक पुष्पकमल दाहाल प्रचण्डले पोखरा-१४ कास्कीस्थित शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ।. सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको निरीक्षण गर्नुका साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो।. अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले शहीदका सन्ततिहरू पढ्ने विद्यालयमा आएर अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै देशका पाँच ठाउँमा स्थापित शहीद स्मृति विद्यालयहरूको प्रवर्धन र विकासमा सरकारले ध्यान दिने बताउनुभयो।. सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसांसद हरिराज अधिकारीले विद्यालयको अवस्थाबारे जानकारी गराउनुभएको थियो।.
जब शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग प्रधानमन्त्रीले भेटे
मूलखबर संवाददाता
पाेखरा, ३ चैत
प्रधानमन्त्री एवं शहीद प्रतिष्ठान नेपालका संरक्षक पुष्पकमल दाहाल प्रचण्डले पोखरा-१४ कास्कीस्थित शहीद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ।
सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको निरीक्षण गर्नुका साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो।
अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले शहीदका सन्ततिहरू पढ्ने विद्यालयमा आएर अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै देशका पाँच ठाउँमा स्थापित शहीद स्मृति विद्यालयहरूको प्रवर्धन र विकासमा सरकारले ध्यान दिने बताउनुभयो।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसांसद हरिराज अधिकारीले विद्यालयको अवस्थाबारे जानकारी गराउनुभएको थियो।