लेवनानलाई हराउँदै नेपाल फाइनलमा, बधाई छ नेपाली महिला टिम !

मूलखबर संवाददाता
काठमाडौं, १६ फागुन

नेपाली महिला खेलाडीले लेवनानविरूद्वकाे खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका छन् । साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपमा नेपालले १ काे विरूद्व दुई गाेल गर्दै विजेता बनेकाे हाे ।

दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको गोलमा लेवनानविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हाे। नेपालले अब उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्नेछ ।

जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा भएको दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो ।

खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो ।डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।

निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सीधै गोलमा परिणत भयो ।