
चिया तताएर खानु हुन्छ? यसका बेफाइदारबारे तपाईंलाई थाहा नहुन सक्छ
नेपालमा गाउँघरदेखि सहर बजारसम्म चिया खाने चलन छ । वास्तवमा भन्दा चिया हाम्रो जीवनको एउटा पाटो जस्तो भैसकेको छ ।
कालो चिया, दुधको चिया, कफी, ग्रीन टी यस्ता ती पेय पदार्थ हुन् जसलाई सबैले पिउन रुचाउँछन् । रक्सी नपिउने मानिसलाई पनि चियाको लत जस्तो लागेको हुन्छ । चिया ठिक्क पिउँदा ठिकै छ तर धेरै पिउनु वा पुनः तताएर पिउनु एकदमै हानीकारक पनि हुन सक्छ ।
धेरै चिया पिउँदा तपाईंलाई क्याफिनको लत बस्न पनि सक्छ । जसकारण कुनै पनि काममा ध्यान दिन गाह्रो हुन्छ । यसलाई एक प्रकारको नशा पनि मानिन्छ ।
चियालाई हामीले नसाको रुपमा नभएर दिनमा दुई कप जति पिउँदा ठिकै मानिन्छ । तर धेरै नै पिउने, धेरै चियापत्ती पकाएर खाने वा चियालाई पुनः तताउँदै पिउँदा भने शरीरलाई बेफाइदा हुन सक्छ ।
अमेरिकामा गरिएको एक अध्ययनले यो कुराको पुष्टि गरेको छ कि धेरैपटक उमालेपछि चियामा क्यान्सर ब्याक्टेरिया बन्न थाल्छ । यस्तो अवस्थामा चिया पिउने बानीले क्यान्सरको खतरा बढ्न सक्छ ।
त्यसैगरी चियालाई पुनः तताउँदा ट्यानिन भन्ने तत्व निस्कन्छ, जसकारण यसको स्वाद पनि तितो हुन जान्छ । त्यसैले ध्यान दिनुहोस् चिया बनाएपछि १५ मिनेटभित्र तताएर मात्र पिउन सकिन्छ । तर यो पनि त्यतिबेला मात्र गर्नुपर्छ जतिबेला तपाईंलाई ताजा चिया बनाउने विकल्प हुँदैन ।
