समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, बधाई र शुभकामना नेपाली महिला टिमलाई !

मूलखबर संवाददाता
काठमाडौं, १२ फागुन

नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा सेमिफाइनलमा प्रवेश गरेकाे छ ।  शनिबार राति भएको  समूह चरणको अन्तिम खेलमा समूह विजेता बन्दै  सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालले प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको थियाे । नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा पुगेको थियाे ।

नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ले २, रेखा पौडेल र गीता रानाले १-१ गोल गरे। जारी खेलमा साम्बाले ८ गोल गरिसककी छन्। उनी गोल्डेन बुटको दाबेदार हुन्। इराक विरुद्ध उनी उक्लैले ५ गोल गरिन्।

नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानसँग खेल्नेछ। अर्को सेमिफाइनलमा समूह ए को विजेता जोर्डन र प्यालेस्टाइन खेल्नेछन्। फाइनल खेल बिहीबार साउदी अरबको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ।